आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आज एक कार्यक्रमका बिच सञ्चालक समिति तथा उच्च व्यवस्थापनको उपस्थितिमा अध्यक्ष डा. रामहरि अर्यालद्वारा औपचारिक रूपमा ई–लोन सेवाको शुभारम्भ गरेको छ।
यस नयाँ सेवाको सुरु भएसँगै बीमितहरूले अब घरमै बसेर सरल ढङ्गमा ऋणको लागि आवेदन दिन र बैङ्क खातामार्फत ऋण प्राप्त गर्न सक्नेछन्।
बीमितहरूले IME Life मोबाइल एप वा कम्पनीको आधिकारिक वेबसाइट www.imelifeinsurance.com को माध्यमबाट रु. ५ हजारदेखि रु. १ लाखसम्मको ई–लोनका लागि आवेदन दिन सक्नेछन्।
यो सुविधा २४ घण्टा उपलब्ध हुनेछ, जसअन्तर्गत आवेदन जुनसुकै स्थानबाट दिन सकिनेछ। स्वीकृति पाएपछि, कार्यालय समयभित्र वा सार्वजनिक बिदाको दिन कार्यालय खुल्ने बित्तिकै ऋण बीमितको बैङ्क खातामा ट्रान्सफर गरिनेछ। यो सेवामा कुनै पनि अतिरिक्त सेवा शुल्क लाग्ने छैन।
तर, ऋण सुविधा प्राप्त गर्नका लागि बीमितले कम्तीमा ३ वर्षको बीमा अवधि पूरा गरेको हुनुपर्नेछ र केवाईसी प्रमाणीकरण प्रक्रिया सम्पन्न गरिसकेको हुनु आवश्यक छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले यस सेवा मार्फत बीमितहरूलाई सहज, सुरक्षित र डिजिटल माध्यमबाट कर्जा उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयाे। साथै, उहाँले डिजिटल रूपान्तरण, अटोमेसन र ग्राहक केन्द्रित सेवामा कम्पनीले निरन्तरता दिने बताउनुभएकाे छ।
ई–लोन सेवाका बारेमा विस्तृत जानकारी तथा आवेदन फारम [IME Life मोबाइल एप] वा www.imelifeinsurance.com बाट प्राप्त गर्न सकिन्छ। थप जानकारीको लागि फोन: ०१४०२४०७१ वा ईमेल: [email protected] मा सम्पर्क गर्न सकिनेछ।
 
आईएमई लाइफ इन्स्योरेन्सले ई–लोन सेवा सुरु, अब घरबाटै ऋण लिन सकिने
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    