आई.एम.ई लाइफ इन्स्याेरेन्सको नाफा ८७.१७ प्रतिशतले वृद्धि भएको छ । गत आ.व.को यसै अवधिमा कम्पनीले १२ करोड ८६ लाख नाफा कमाएको थियो भने अहिले २४ करोड ८ लाख नाफा कमाएको देखिन्छ ।
४ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको आई.एम.ई लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन १६.४८ प्रतिशतले वृद्धि भएर ३ अर्ब ४४ करोड रुपैयाँबाट ४ अर्ब १ करोड रुपैयाँ पुगेकाे छ ।
कम्पनीको जीवन बीमा कोष ४३.२४ प्रतिशतले वृद्धि भएर ६ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २ अर्ब ७१ कराेड रुपैयाँ र महाविपत्ती कोषमा १२ करोड ८० लाख रुपैयाँ रहेको छ ।
कम्पनीले बीमा लेख संख्या २५ करोड ३५ लाखबाट बढाएर ४२ करोड ५७ लाख पुर्याएको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई ४६ कराेड ४२ लाख ७२ हजार कमिसन प्रदान गरेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ६ रुपैयाँ ०२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ०५ पैसा छ र मूल्य आम्दानी अनुपात ९७.९९ गुणा छ ।
आई.एम.ई लाइफ इन्स्याेरेन्सको बीमा शुल्क आर्जन ४ अर्ब १ करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
