प्रभु बैङ्क लिमिटेड र काठमाण्डौं, पुतलीसडक स्थित, सिन्की भान्छा घर बिच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैङ्कका तर्फबाट मार्केटिङ विभागका वरिष्ठ प्रबन्धक शेखर राज बास्टकोटी र सिन्की भान्छा घरका तर्फबाट प्रबन्ध निर्देशक वेदानन्द पराजुलीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैङ्क र उक्त भान्छा घर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैङ्कमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरूले सिन्की भान्छा घरद्वारा सञ्चालित “ब्रेकफास्ट, लन्च एण्ड डिनर” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उक्त सम्झौता अन्तर्गत सिन्की भान्छा घरमा सुविधा लिन चाहने प्रभु बैङ्कका ग्राहकहरूले प्रभु बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, सिन्की भान्छा घरका उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाएको बैङ्कले बताएको छ । सो सम्झौताबाट बैङ्कका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुनेछन् भन्ने विश्वास बैङ्कले लिएको जनाएको छ ।
प्रभु बैङ्क लिमिटेड र सिन्की भान्छा घर बिच सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
