सानिमा बैङ्कको नाफा २५.१३ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर १.३ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने १३ करोड ५१ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
१२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा बैङ्कले १ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब ७० करोड रुपैयाँ र सञ्चित मुनाफा २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले बढेर ६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा २ अर्ब २० करोड रुपैयाँ रहेको छ । आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा सानिमा बैङ्कले आफ्ना शेयरधनिहरूलाई १७.७३ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।
बैङ्कको प्रति शेयर आम्दानी २१ रुपैयाँ ०२ पैसा छ भने प्रति शेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा र पछिल्लो कारोबार मूल्य रु २९२ को आधारमा मूल्य आम्दानी अनुपात १३.८९ गुणा रहेको छ ।
सानिमा बैङ्कको नाफामा २५.१३ प्रतिशतको वृद्धि, लाभांश दिन सक्ने क्षमता कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
