एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा मिति २०८० वैशाख १० गते (तदनुसार २३ अप्रिल, २०२३) होटेल गजुर, गङ्गालाल मार्ग, भोटेपुल, धरान उपमहानगरपालिका वडा नं. ८, सुनसरीमा सम्पन्न भएको थियो । उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत) पारित गरी सभाले संस्थाको शेयरधनीहरुलाई चुक्ता पुँजीको १४.७५ प्रतिशतका दरले रु. २५,६५,६७,४००/– (अक्षरूपी पच्चीस करोड पैँसट्ठी लाख सतसट्ठी हजार चार सय मात्र) नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको सो लघुवित्तले बताएको छ ।
सो संस्था लिमिटेडले स्थापना भएको पाँच वर्ष पूरा गरे सँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको सो लघुवित्तले जानकारी दिएको छ । सो वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानीय तहहरूलाई प्राथमिकतामा राखेको पनि बताएको छ । यस आ.व. २०७९/८० को दोस्रो त्रैमासको अन्त्य सम्ममा वित्तीय संस्थाले कुल २,०३,८६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको सो लघुवित्तले बताएको छ । राष्ट्रिय स्तरको अग्रणी लघुवित्त संस्थाको रूपमा छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल सो संस्थाले उत्पादनमूलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखी वित्तीय सेवाको पहुँच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरी अघि बढेको सो लघुवित्तले जनाएको छ ।
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
