ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागेजिनको वेस्ट बैङ्क अवार्ड २०२५ बाट सम्मानित भएको छ ।
यो अवार्ड सँगै ग्लोबल आइएमई बैङ्क लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागेजिनका वेस्ट बैङ्क अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैङ्कलाई २०२४ मा पनि सम्मानित गरेको थियो ।
विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैङ्क सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैङ्क भएको हो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्मानले ग्लोबल आइएमई बैङ्कलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क लगायत अन्य नियामक निकायहरू, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकमा खुसी साट्दै हार्दिक आभार व्यक्त गर्नुभयो ।
ग्लोबल फाइनान्स म्यागेजिनले ग्लोबल आइएमई बैङ्कसहित अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैङ्कहरूलाई सम्मान गरेको हो  ।
ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैङ्क हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैङ्क र वाणिज्य बैङ्कहरूलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ ।
ग्लोबल फाइनान्सले २०२५ को लागि हङकङको एचएसबीसी, भारतको स्टेट बैङ्क अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैङ्क, नेपालको ग्लोबल आइएमई बैङ्क, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैङ्क, जापानको एसएमबीसी लगायतका विश्वभरका विभिन्न बैङ्कहरूलाई विभिन्न विधामा सम्मानित गरेको हो ।
ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी समय सान्दर्भिक नविनतम् सेवाहरू प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैङ्कलाई ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैङ्क” को सम्मानले आगामी दिनमा बैङ्कलाई रचनात्मक सेवाहरू प्रदान गर्न प्रोत्साहित गर्नेछ ।
यस अघि पनि ग्लोबल आइएमई बैङ्क ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ । बैङ्कले अहिलेसम्म यस अवार्डसहित बैङ्क अफ द इयर २०१४, वेस्ट इन्टरनेट बैङ्क २०१६, वेस्ट बैङ्क नेपाल २०२४ र २०२५, वेस्ट बैङ्क ईएसजी नेपाल २०२४, वेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स सेवा पनि दिँदै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिटेन्स भित्र्याउने काम गर्दै आएको छ ।
 
ग्लोबल आइएमई बैङ्क दोस्रो पटक ग्लोबल फाइनान्सको “वेस्ट बैङ्क अवार्ड” बाट सम्मानित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    