
वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०८२/८३ को पौष महिनामा ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्ष २०८२/८३ को पौष महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २,०६,८०७ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १,९४,७३३ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २,३०,४३९ र १,६२,६२८ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ११ खर्ब ६८ अर्ब २ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस्तो ट्रान्सफर ८ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशतको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
