
नयाँ सारथी लघुवित्त लिमिटेडले चैत्र २८ गते (आज) चौधौँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा हाेटल जुगल, मिरावल चोक, धुलिखेल, काभ्रेपलान्चोकमा दिउँसो १:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १९ प्रतिशतका दरले हुन आउने रकम रु. ५ करोड ७६ लाख ४५ हजार ०९९ रुपैयाँ बराबरको बोनस शेयर र १ प्रतिशतका दरले हुन आउने रकम रु. ३० लाख ३३ हजार ९५३ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।
सभाले नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने, गाभिने प्रयोजनको लागि मूल्याङ्कनकर्ताले तयार गरेको चल अचल सम्पत्ति तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन समेतको आधारमा संयुक्त मर्जर समितिबाट निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात १:१ लाई पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने, गाभिने कार्य सम्पन्न भए पश्चात् बन्ने संस्थाको नाम विजय लघुवित्त वित्तीय संस्था लिमिटेड रहने विषयको प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र १५ गते देखि चैत्र २८ गतेसम्मको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा चैत्र १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
 
नयाँ सारथी लघुवित्तले आज चौधौँ वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    