साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल मङ्सिर २४ गते, आइतबार बसेको सञ्चालक समितिको २० औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७९/०८० को वितरण योग्य मुनाफाबाट कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम रु. ४९ करोड ९७ लाख ४२ हजार ७३० रुपैयाँ ६७ पैसा बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने रकम रु. १६ करोड ६५ लाख ८० हजार ९१० रुपैयाँ २२ पैसा बराबरको नगद (कर प्रयोजनार्थ समेत) लाभांश गरी जम्मा २० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको २६ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।
 
साना किसान विकास लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    