सिद्धार्थ बैङ्क लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल मङ्सिर २० गते, दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको ४०२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई १३.१६ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशतले हुन आउने रकम रु. १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३५४ रुपैयाँ बराबरको बोनस शेयर र ०.६६ प्रतिशतले हुन आउने रकम रु. ८ करोड २३ लाख ९७ हजार ५४५ रुपैयाँ बराबरको नगद लाभांश गरी जम्मा १३.१६ प्रतिशत लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने सिद्धार्थ बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा सिद्धार्थ बैङ्क लिमिटेडले चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.७५ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।
Click here to view the notice.
सिद्धार्थ बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
