मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल माघ १६ गते, सोमबार दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको ७९ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई ५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ४.७५ प्रतिशतले हुन आउने रकम रु. ६७ लाख ३२ हजार ९११ रुपैयाँ २५ पैसा बराबरको बोनस शेयर र ०.२५ प्रतिशतले हुन आउने रकम रु. ३ लाख ५४ हजार ३६३ रुपैयाँ ७५ पैसा बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश स्वरूप आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयर धनीहरूले प्राप्त गर्ने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको १७ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।
मनकामना स्मार्ट लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
