सूर्योदय वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीले १ लाख २० हजार २९५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका सात जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा २०७९/११/१७ देखि सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिद सम्बन्धी कुनै पनि आवेदन नआएको हुँदा नियमानुसार संस्थापक शेयरधनी बाहेक अन्य व्यक्ति तथा सङ्घ/संस्थाहरूले खरिद गर्न इच्छा भएमा १५ वैशाखदेखि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको सो लघुवित्तले जानकारी दिएको छ ।
सो संस्थापक शेयर खरिदको लागि १५ वैशाखबाट ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नागपाेखरी, नक्साल, काठमाडौँ वा सूर्योदय वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्पोरेट कार्यालय महालक्ष्मी-०४, इमाडाेल, ललितपुरमा आइपुग्ने गरी निवेदन पेस गर्न सक्ने सो लघुवित्तले जनकारी दिएको छ ।
१ लाख २० हजार २९५ कित्ता संस्थापक शेयर बिक्री गर्दै सूर्योदय वाेमी लघुवित्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
