
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओले बजारमा उल्लेखनीय आकर्षण तानेको छ। एफपिओ खुला भएको पहिलो दिनमै मागभन्दा करिब १८ गुणा बढी आवेदन परेको छ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार एफपिओ खुला भएको पहिलो दिन साँझ ५ बजेसम्म ७ लाख १९ हजार २०९ जना लगानीकर्ताले ८४ लाख ९३ हजार २६० कित्ता शेयरका लागि आवेदन दिएका छन्।
साबिक नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था मर्ज भएपछि कम्पनीमा संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात क्रमशः ७४.३९ प्रतिशत र २५.६१ प्रतिशत कायम भएको थियो। नियामयकी प्रावधानअनुसार यो अनुपात ७०ः३० मा ल्याउनुपर्ने भएकाले कम्पनीले एफपिओ निष्कासन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर एफपिओ मार्फत बिक्रीमा ल्याएको छ। एफपिओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
एफपिओ निष्कासन तथा बाँडफाँड सम्पन्न भएपछि विजय लघुवित्तको कुल सूचीकृत शेयर सङ्ख्या ७९ लाख १७ हजार २२०.५९ कित्ता पुग्नेछ।
यस एफपिओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले सम्हालेको छ।
विजय लघुवित्तको एफपिओमा पहिलो दिनमै माग भन्दा १८ गुणा बढी आवेदन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%
