हिमालयन पावर पार्टनर लिमिटेडले यही पौष २९ गते शुक्रबारकाे दिन १० औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष १३ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १२ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारण सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा बिहान ९:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ वार्षिक प्रतिवेदन र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत गरेको आर्थिक सहयोग रकम रु. २ लाख १८ हजार ६०० रुपैयाँ लाई पनि अनुमोदन गर्नेछ ।