धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ३८ अङ्कले बढेर २६५३ दशमलव २३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ०२ अङ्कले बढेर ४५१ दशमलव ५१ को विन्दुमा पुगेको छ ।
आज कूल ३०५ कम्पनीहरूका १ करोड ५५ लाख २ हजार ७५१ कित्ता शेयर रु. ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७८४ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ३ दशमलव ६६ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ४.३३ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ३९ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०२ अङ्कले, निर्जीवन बिमा १७.११ अङ्कले, अन्य उपसमूह ५.१३ अङ्कले र ट्रेडिङ उपसमूह ७१.३७ अङ्कले घटेका छन् । यता, विकास बैङ्क उपसमूह १३८ दशमलव ५८ अङ्कले बढ्दा वित्त उपसमूह १४० दशमलव ४४ अङ्कले, जलविद्युत उपसमूह ८.६८ अङ्कले, जीवन बिमा उपसमूह ६१.२२ अङ्कले, उत्पादन उपसमूह २७.७९ अङ्कले र लघुवित्त उपसमूह ७८.६९ अङ्कले बढेका छन् ।
धितोपत्र बजारमा ६.३८ अङ्कको वृद्धि, नेप्से २६५३.२३ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%