साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३ दशमलव ६१ अङ्कले घटेर २०७७ दशमलव २४ को विन्दुमा कायम भएको छ। आज कूल २७९ कम्पनीहरूका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर रु. २ अर्ब ०९ करोड १३ लाख ९० हजार ६३८ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ११ करोड २४ लाख ४१ हजार ९७९ बराबरको शेयर कारोबार भयो । त्यस्तै, सोल्टी हाेटल लिमिटेडको रु. १० करोड ८७ लाख ३२ हजार १४६ बराबरको शेयर कारोबार भएको छ।
यता, घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको रु. ८ करोड ९८ लाख ०४ हजार ०९५ कारोबार हुँदा माछापुच्छ्रे बैङ्क लिमिटेडको रु. ६ करोड ५५ लाख २५ हजार २०७ र सानिमा बैङ्क लिमिटेडको रु. ५ करोड ९४ लाख ८१ हजार ६४४ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
