धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढेर २१६४ दशमलव ६१ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक यथावत रहेकाे छ ।
आज कूल २५९ कम्पनीहरूका १ कराेड ४१ लाख ९८८ कित्ता शेयर रु. ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य बैंकिङ उपसमूह १२ दशमलव २५ अङ्कले, उत्पादन उपसमूह ६४.६३ अङ्कले र लघुवित्त उपसमूह १०.९९ अङ्कले घटेका छन्। यता, विकास बैंक उपसमूह १९ दशमलव २२ अङ्कले बढ्दा वित्त उपसमूह ३६ दशमलव ०६ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १३०.४६ अङ्कले, जलविद्युत उपसमूह ५३.८६ अङ्कले, लगानी उपसमूह १.२८ अङ्कले, जीवन बिमा उपसमूह ४६८.९८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ४२ अङ्कले, निर्जीवन बिमा ३२१.५६ अङ्कले, अन्य उपसमूह १५.३६ अङ्कले र ट्रेडिङ उपसमूह ५७.६७ अङ्कले बढेकाे छ ।
धितोपत्र बजारमा २०.६८ अङ्कको वृद्धि, नेप्से २१६४.६१ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
