साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६२ दशमलव २१ अङ्कले बढेर २११७ दशमलव ७३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ९ दशमलव ६४ अङ्कले बढेर ३९५ दशमलव ४५ को विन्दुमा पुगेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ४९ करोड ९० लाख ७३ हजार ९२० बराबरको शेयर कारोबार भयो । त्यस्तै, सोल्टी हाेटल लिमिटेडको रु. ३८ करोड ९० लाख ९३ हजार ५१७ बराबरको शेयर कारोबार भएको छ।
यता, हिमालयन डिस्टिलरी लिमिटेडको रु. २४ करोड ३८ लाख १२ हजार ६४९ कारोबार हुँदा आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. २१ करोड ५३ लाख २० हजार २७० र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु. २० करोड ४७ लाख ५८ हजार ६५६ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
