साताको चौथो कारोबार दिन नेप्से परिसूचक १५ दशमलव १३ अङ्कले बढेर १९२० दशमलव १२ को विन्दुमा कायम भएको छ।
आज कालिन्चोक दर्शन लिमिटेड र मोलुङ्ग हाइड्रो पावर कम्पनीको शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ९.५९ प्रतिशत, ९.५ % एनसीसी ऋणपत्र २०८६ का शेयरधनीहरुले ८.२१ प्रतिशत र सामलिङ्ग पावर कम्पनी लिमिटेडका शेयरधनीहरुले ८.०६ प्रतिशतका दरले कमाएका छन् ।
यता आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा उक्त कम्पनीका लगानीकर्ताहरूले १० प्रतिशतका दरले गुमाएका हुन् । त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ (३.७३ प्रतिशत), गरिमा डिबेन्चर, ८५ (३.६२ प्रतिशत), सन्राइज फर्स्ट म्युचुअल फण्ड ३.३९ प्रतिशत र तारागाउँ रिजेन्सी हाेटल्स लिमिटेड २.९१ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
