नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चैत्र २२ गते बुधवारका दिन नेप्सेमा एभरेष्ट बैङ्कको ऊर्जा ऋणपत्र २०८९ र सन्राइज क्यापिटल लिमिटेडको सन्राइज फाेकस्ड इक्विटी फण्ड सूचीकृत गरेको जानकारी दिएको छ।
नेपाल स्टक एक्सचेन्जमा बुधवार एभरेष्ट बैङ्कको ऊर्जा ऋणपत्रको क्रम सङ्ख्या नं. १ देखि ७ लाख ४६ हजार ८३० सम्मको अङ्कित तथा चुक्ता मूल्य रु. १००० कायम भएको कुल ७ लाख ४६ हजार ८३० कित्ता ऋणपत्र र सन्राइज क्यापिटल लिमिटेडको प्रति इकाई मूल्य रु. १० कायम भएको १० करोड सामूहिक लगानी कोष इकाईको सन्राइज फाेकस्ड इक्विटी फण्ड सूचीकृत भएको हो ।
नेप्सेमा एभरेष्ट बैङ्कको ऊर्जा ऋणपत्र र सन्राइज क्यापिटलको सन्राइज फाेकस्ड इक्विटी फण्ड सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
