काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार अदुवा, सखरखण्ड, परवर, चिचिन्डो, निबुवा र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ रहेको जनाएको छ ।
एभोकाडो २२५ रुपैयाँ, रातो आलु ८६ रुपैयाँ, भारतीय रातो आलु ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ४९ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल काँक्रो ९५ रुपैयाँ, कागती १२८ रुपैयाँ, किवी २२५ रुपैयाँ, अकबरे खुर्सानी १४० रुपैयाँ, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा र गुन्द्रुक प्रतिकेजी ३२५ रुपैयाँ रहेको छ ।
नेपाली ठुलो गोलभेँडाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, भारतयि ठुलो गोलभेँडा ८६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेँडा ४३ रुपैयाँ २० पैसा, ग्याँठ कोबी ८५ रुपैयाँ, घिरौँला ६६ रुपैयाँ ६७ पैसा, चुकन्दर ८७ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जुनार २३५ रुपैयाँ, टाटे सिमी १२६ रुपैयाँ ६७ पैसा, तरुल ८५ रुपैयाँ, छडी र बचुवा माछा २४५ रुपैयाँ मूल्य रहेको छ ।
मुंगरी माछा २४० रुपैयाँ, तामा १०६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, पार्सले र पुदिना ६५० रुपैयाँ, पिँडालु ४६ रुपैयाँ ६७ पैसा, बकुला ११५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, बरेला ४६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ११३ रुपैयाँ ३३ पैसा, भिण्डी ६६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ११६ रुपैयाँ ६७ पैसा, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १६५ रुपैयाँ, मेथीको साग १९० रुपैयाँ, मौसम १२५ रुपैयाँ, रायोको साग ६६ रुपैयाँ ६७ पैसा, सुकेको लसुन १४५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, स्कूस २२ रुपैयाँ ५० पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनियाँ १३८ रुपैयाँ रहेको छ ।
आजको फलफूल तथा तरकारी मूल्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
