चालु आर्थिक वर्षको ३ महिनासम्मको अवधिमा नेपालले ३८ अर्ब ३७ करोड बढीको वस्तुको निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले चालु आर्थिक वर्षको तेस्रो महिना असोज मसान्तसम्ममा मात्रै ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ अधिकको वस्तु निर्यात गरेको देखिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको निर्यात व्यापार ६ दशमलव ११ प्रतिशतले घटेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्मको अवधिमा नेपालबाट कुल ४० अर्ब ८७ करोड रुपैयाँ अधिकको वस्तु निर्यात भएको थियो ।
चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा नेपालले विभिन्न देशबाट ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ अधिकको वस्तु आयात गरेको छ । यो गत आ.व. को सोही अवधिको तुलनामा ४.१७ प्रतिशतको गिरावट हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ४ खर्ब ७ अर्ब रुपैयाँ अधिकको वस्तु आयात गरेको थियो ।
यता आयात र निर्यात दुबैमा गिरावट आउँदा व्यापार घाटा भने ३ दशमलव ९६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको असोज महिनासम्ममा नेपालले ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ अधिकको व्यापार घाटा व्यहोरेको तथ्याङ्कले देखाएको छ । यस्तो व्यापार घाटा गत वर्षको सोही अवधिमा ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ अधिक रहेको थियो ।
यसरी निर्यात व्यापार घटिरहँदा हाल कुल वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा १.८४ प्रतिशतले गिरावट हुँदै ८.९४ प्रतिशत कायम भएको छ । यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ९.११ प्रतिशतमा सीमित रहेको थियो । यता, घट्दै गरेको आयात व्यापारले समीक्षा अवधिमा कुल वैदेशिक व्यापारको ९१.०६ प्रतिशत हिस्सा ओगटेको देखिन्छ। यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ९०.८९ प्रतिशतमा कायम रहेको थियो । गत आर्थिक वर्षको तुलनामा आयात व्यापारको हिस्सामा शून्य दशमलव १८ प्रतिशतको वृद्धि भएको थियो ।
असोज मसान्तसम्ममा व्यापार घाटा ३ खर्ब माथि, निर्यातमा ६.११ प्रतिशतको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
