पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आज देखि आइपिओ विक्री खुल्ला

Gyanmandu | Achieving Excellence Together
पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि फागुन १२ गते (आज) देखि आइपिओ विक्री खुला गरेको छ। कम्पनीले प्रतिशेयर रु. १०० अङ्कित दरका कुल ४५ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्कासनमा ल्याएको छ।

कम्पनीका अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १ लाख कित्ता तोकेको छ।

सो कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् ७५ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्टाएको छ। कुल निष्कासन गरिने शेयरमध्ये ५ प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साबिक नवलपरासी जिल्ला) का स्थानीय बासिन्दाहरूका लागि छुट्टाइएको कम्पनीले जनाएको छ।|

त्यसै गरी, पुँजीको १५ प्रतिशत अर्थात् ५६ लाख २५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्टाइएकोमा उक्त सङ्ख्यामध्ये १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आरक्षित गरेको छ।

सो कम्पनीको आइपिओ निष्कासन बन्द हुने मिति (छिटोमा) फाल्गुन १५ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा फाल्गुन २६, २०८२ सम्ममा आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ।

सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैङ्किङ लिमिटेड रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x