चालु आर्थिक वर्ष २०८०/८१ को श्रावण महिनामा कुल वस्तु आयात १.६ प्रतिशतले घटी १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ रहेको थियो ।
वस्तुगत आधारमा चामल/धान, हट राेल्ड शिट इन क्वाइल, फेरस प्राेडक्टस तथा रासायनिक मलको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, मेसिनरी र पार्ट्स, यातायातका साधन तथा पार्टपुर्जा, औषधि, कच्चा सोयाविन तेल, टेली कम्युनिकेसन उपकरण लगायतका वस्तुको आयात घटेको छ ।
नेपालमा आयात हुने प्रमुख वस्तु पेट्रोलियम पदार्थ, यस आर्थिक वर्षको श्रावण महिनामा १८ अर्ब ८४ करोड रुपैयाँ बराबरको आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले २२ अर्ब ९४ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.९ प्रतिशतको गिरावट हो।
नेपालले यस आर्थिक वर्षको श्रावण महिनामा ५ अर्ब ५७ करोड रुपैयाँ बराबरको यातायातका साधन तथा पार्टपुर्जा आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको यातायातका साधन तथा पार्टपुर्जा आयात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले घटेको देखिन्छ।
त्यसतै, नेपालले चालु आर्थिक वर्षको श्रावण सम्ममा ५ अर्ब ५६ करोड रुपैयाँ बराबरको मेसिनरी र पार्ट्सको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ५ अर्ब ६७ करोड रुपैयाँ बराबरको मेसिनरी र पार्ट्सको आयात गरेको थियो। उक्त वस्तुको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले घटेको देखिन्छ।
नेपालले यस आर्थिक वर्षको श्रावण महिनामा ४ अर्ब २६ करोड रुपैयाँ बराबरको चामल/धान आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले २ अर्ब ३३ करोड रुपैयाँ बराबरको चामल/धान आयात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.५ प्रतिशतले बढेको देखिन्छ।
त्यसै गरी, नेपालले चालु आर्थिक वर्षको श्रावण महिनामा ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको हट राेल्ड शिट इन क्वाइलको आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले २ अर्ब ६६ करोड रुपैयाँ बराबरको हट राेल्ड शिट इन क्वाइलको आयात गरेको थियो। उक्त वस्तुको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.४ प्रतिशतले बढेको देखिन्छ।
त्यस्तै नेपालमा आयात हुने अन्य मुख्य बस्तुहरूमा फेरस प्राेडक्टस, टेली कम्युनिकेसन उपकरण,रासायनिक मल, विद्युतीय उपकरण तथा औषधी रहेका छन्।
चालु आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु आयात १.६ प्रतिशतले घट्यो, के हुन् नेपालमा आयात हुने मुख्य वस्तुहरू ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
