वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०७९/८० को वैशाख सम्मको अवधिमा २३.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने वैशाख महिनामा १ खर्ब १ अर्ब ७९ करोड रेमिटेन्स थप भित्रिएको छ। आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा भने विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्ष २०७९/८० को वैशाख अन्त्यसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.२ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ५१.४ प्रतिशतले वृद्धि भई ४,२१,२७९ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २,३८,९७६ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा यस्तो सङ्ख्या १८५.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २२ दशमलव ५ प्रतिशतले वृद्धि भई ११ खर्ब १० अर्ब २२ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७८/७९ मा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.४ प्रतिशत र अमेरिकी डलरमा १३.४ प्रतिशतले बढ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
