वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखमा १९.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा भने विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ३,७४,८८७ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २,३७,८९३ पुगेको छ । आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,२१,२७९ र २,३८,९७६ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १७ दशमलव २ प्रतिशतले वृद्धि भई १३ खर्ब १ अर्ब ७२ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७९/८० मा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशत र अमेरिकी डलरमा १७.१ प्रतिशतले बढ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
