फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार ४५१ कित्ता संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने घोषणा गरेको छ। प्रतिकित्ता न्यूनतम मूल्य ३८७.०३ रुपैयाँ तोकिएको यस लिलामीमा संस्थापक शेयरधनी, सर्वसाधारण तथा सङ्गठित संस्थाहरू सहभागी हुन सक्नेछन्।
कम्पनीका अनुसार बोलपत्र पेस गर्दा कम्तीमा १ हजार कित्ता माग गर्नुपर्नेछ भने बढीमा १०० को गुणकमा वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। यस आधारमा न्यूनतम लगानी रकम ३ लाख ८७ हजार ३० रुपैयाँ हुनेछ। इच्छुक खरिदकर्ताले भदौ १६ गतेभित्र काठमाडौँको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा बोलपत्र बुझाउनुपर्नेछ। बोलपत्र फाराम पनि सोही स्थानबाट प्राप्त गर्न सकिनेछ।
हाल उक्त शेयरको स्वामित्व साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडसँग रहेको छ भने लिलामी बिक्रीको व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।
फरवार्ड माइक्रोफाइनान्सले संस्थापक शेयर लिलामीमा बिक्री गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
