
नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ। आज सुनको भाउ प्रतितोला ९ हजार २०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार सुन प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३२० रुपैयाँले बढ्दै ६ हजार १९० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।
शुक्रवार सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला ९ हजार २०० ले बढ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
