साङ्ग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयरधनीकाे नाममा रहेको १९ हजार ७१० कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न सङ्घ संस्थाले आवेदन दिन सक्नेछन् ।
यसअघि विद्यमान संस्थापक शेयरधनीले शेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बिहीबारबाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कति शेयर खरिद गर्ने सो को ब्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।
सर्वसाधारणले समेत खरिद गर्न मिल्ने साङ्ग्रिलाको संस्थापक शेयर बिक्रीमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
