आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले यही चैत्र ३० गते सातौँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र २० गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा चैत्र १९ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले साधारण सभा बनेपा पार्टी भेन्यु बनेपा-८, काभ्रेपलान्चोकमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
सभाले सो लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति (एक्विजिशन) हुने प्रयोजनका लागि आवश्यक कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
आजसम्म कायम शेयरधनीले आरम्भ चौतारी लघुवित्तको साधारण सभामा भाग लिन पाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
