महालक्ष्मी विकास बैङ्क लिमिटेडले १० वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र चैत्र २९ गते (आज) देखि विक्रीका लागि खुला भएको छ । बैङ्कको अनुसार योग्य आवेदकले (सर्वसाधारणहरुुकाे हकमा) दिनुपर्ने न्यूनतम २५ कित्ता र अधिकतम ४ लाख कित्तासम्म र व्यक्तिगत तवरको हकमा न्यूनतम २५ कित्ता र अधिकतममा कुनै हद नलाग्ने गरी दिन पाउने बैङ्कले जनाएको छ।
विक्री हुन लागेको कम्पनीको रु. १ अर्ब बराबरको १० लाख कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु.१००० तोकिएको छ। कुल कित्ता मध्ये ६० प्रतिशत अर्थात् रु. ६० करोड बराबरको ६ लाख कित्ता बैङ्क आफैले व्यक्तिगत तर्फबाट विक्री गर्नेछ भने बाँकी ४० प्रतिशत अर्थात् रु. ४० करोड बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्ने छ। सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्टाइएको बैङ्कले जनाएको छ।
सो कम्पनीको ऋणपत्र शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) वैशाख ०४ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा आवेदकले ढिलोमा वैशाख १३ गते सम्म आवेदन पेस गर्न सक्नेछन्।
कम्पनीको ऋणपत्र खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी सम्पूर्ण बैङ्क तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो शेयर" प्रयोग गरी सी-आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।
सो कम्पनीको बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ।
महालक्ष्मी विकास बैङ्कले आज देखि ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
