
नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ। आज सुनको भाउ प्रतितोला ५ हजार २०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छ। हिजो आइतबार सुन तोलामा ३ लाख ३ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २८५ रुपैयाँले बढ्दै ६ हजार ७६५ रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ।
सोमबार सुन–चाँदीको भाउ उकालो, सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
