
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर २७७२ दशमलव १७ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ०५ अङ्कले बढेर ४७३ दशमलव ४८ को विन्दुमा पुगेको छ ।
आज कूल ३३१ कम्पनीहरूका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता शेयर रु. १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू उकालो लागेका छन् ।
बैङ्किङ उपसमूह २४ दशमलव ९१ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ९९ दशमलव ०९ अङ्कले, वित्त उपसमूह ४५ दशमलव २९ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २४७ दशमलव २५ अङ्कले, जलविद्युत उपसमूह ९५ दशमलव ९९ अङ्कले, लगानी उपसमूह २ दशमलव ९९ अङ्कले, जीवन बिमा उपसमूह २६८ दशमलव ६८अङ्कले, उत्पादन उपसमूह २७५ दशमलव २९ अङ्कले, लघुवित्त उपसमूह ८१ दशमलव १० अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव शून्य दशमलव २० अङ्कले, निर्जीवन बिमा २२० दशमलव ७५ अङ्कले, अन्य उपसमूह ३७ दशमलव ९६ अङ्कले र ट्रेडिङ उपसमूह ५६ दशमलव ९३ अङ्कले बढेका छन् ।
साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा ५७.५५ अङ्कको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
