
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका ४३ जना अभिकर्ता एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) को सदस्य बन्न सफल भएका छन्। साथै, एक जना अभिकर्ताले सीओटी (कोर्ट अफ द टेबल) को मान्यता प्राप्त गरेका छन्।
सन् २०२४ मा सम्पन्न व्यवसायका आधारमा कम्पनीका अभिकर्ताहरुले एमडीआरटी २०२५ को लागि तोकिएको वार्षिक लक्ष्य पूरा गरेका हुन्। कोशी प्रदेशबाट सबैभन्दा धेरै २० जना एमडीआरटीमा छनोट भएका छन्। मधेश प्रदेशबाट २ जना, बागमती प्रदेशबाट १० जना एमडीआरटी र १ जना सीओटी गरी कुल ११ जना, गण्डकी प्रदेशबाट २ जना, लुम्बिनी प्रदेशबाट ४ जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना यस सूचीमा समावेश छन्। साे अवसरमा कम्पनीले सबै अभिकर्तालाई बधाई दिँदै, आगामी दिनमा थप उपलब्धिहरु हासिल गर्न प्रोत्साहन गरेको छ।
आइएमई लाइफबाट ४३ जना एमडीआरटी र १ जना सीओटीका लागि योग्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    