रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी कार्यक्रम बिमितको घरमै शुक्रबार (पौष ५)मा सम्पन्न गरेको छ ।
कम्पनीका अनुसार कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत १५ लाखको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते १५ लाखको बीमा योजना लिएका थिए । २०८१ कार्तिकमा उहाँलाई ब्रेन स्ट्रोक भएपछि यो दाबी दर्ता भएको थियो ।
घातक रोगको दाबी एक कार्यक्रममा को बिचमा भएको थियो भने कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल,मुर्गिया शाखा प्रमुख गणेश गैरे ,भुमही शाखा प्रमुख प्रवीण कँडेल ,मार्केटिङ दया तिमिल्सिना लगायत को उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
साथै उक्त कार्यक्रममा माधव भुसालकमला जी सी कुँवर, सिनियर एजेन्सी मेनेजरहरू सालिकराम वोस्ती, सालिकराम भण्डारी समेत को उपस्थिति थियो । एजेन्सी म्यानेजरहरू रेसम भाट,हिमाल राना, सालिकराम तिवारी , नुमकला पङेनी,टांक भुसाल ,बसन्ती गिरि लगायत अभिकर्ता, बीमित परिवार, आफन्तजन र स्थानीय बासीहरूको समेत सहभागिता रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा वक्ताहरूले बीमाको महत्त्व र आर्थिक सङ्कटमा ग्राहकलाई बिमित र परिवार जनलाई बिमाले सुरक्षाको बलियो काम गर्ने विषयमा चर्चा गरेका थिए ।
“ग्राहकहरूको जीवन सुरक्षामा हाम्रो प्राथमिकता” नाराका साथ, रिलायबल नेपाल लाइफले यस्ता प्रयासलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ ।
नेपालको बीमा इतिहासमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वाधिक रकम को मृत्यु दाबी बापत रु ४ करोड भुक्तानी गरेको स्मरण गर्दै , थप बलियो बनाएको छ। साथै, रिलायबल नेपाल लाइफले भविष्यमा पनि ग्राहकहरूको अपेक्षा पूरा गर्दै आफ्नो दायित्व कायम राख्ने प्रतिबद्धता जनाएको छ।
शुक्रबार सम्पन्न घातक रोग बापत दाबी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल, माधव भुसाल र सिनियर एजेन्सी मेनेजर सालिकराम वोस्तीले मन्तव्य को क्रममा बिमा को अपरिहार्यता र महत्त्वलाई सबैले समयमै बुझ्नुपर्ने बताउनुभयो।
 
रिलायबल नेपाल लाइफद्वारा घातक रोग बिमितलाई १५ लाख दाबी भुक्तानी
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    