नेपाल एसबिआई बैङ्कद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३, कैलाली स्थित श्री नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि स्कुल ब्याग, शैक्षिक सामाग्री तथा पोसाक वितरण गरेको छ ।
उक्त सामाग्रीहरू बैङ्कका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले श्री नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष, बसन्ती बलामी र प्रधानाध्यापक, जङ्ग बहादुर तारामीलाई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, रितेश अर्याल र बैङ्कका सुदूर पश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भण्डारी र बैङ्क तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो । बैङ्कले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।
नेपाल एसबिआई बैङ्कद्वारा नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
