शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडको नाफा ८.३५ प्रतिशतले घटेको छ । आ.व. २०७९/८० को पहिलो त्रैमास सम्ममा बैङ्कले २० करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को पहिलो त्रैमास सम्ममा बैङ्कले १९ करोड १६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर २.५९ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज घटेर ४ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने १८ करोड ५७ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
४ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले ५७ अर्ब ८७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४६ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १ अर्ब ६१ करोड रुपैयाँ र सञ्चित मुनाफा ४४ करोड २९ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १.६७ प्रतिशतले बढेर ५१ करोड १३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको कुल वितरण योग्य मुनाफा ४४ करोड २९ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको प्रति शेयर आम्दानी १७ रुपैयाँ ९० पैसा छ भने प्रति शेयर नेटवर्थ १४८ रुपैयाँ १५ पैसा र पछिल्लो कारोबार मूल्य रु ३५६.२० को आधारमा मूल्य आम्दानी अनुपात १९.८९ गुणा रहेको छ ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको नाफा १९ करोड १६ लाख, प्रतिशेयर आम्दानी रु. १७.९०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
