एक्सेल डेभलपमेन्ट बैङ्कका संस्थापक शेयरधनीले २७ हजार ७१८ कित्ता शेयर बिक्री गर्ने भएका छन् । बैङ्कका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा ०४ वैशाखदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले ०४ वैशाखबाट एक्सेल डेभलपमेन्टको केन्द्रीय कार्यालय बिर्तामोड, झापामा आइपुग्ने गरी के कति शेयर कित्ता खरिद गर्ने हो सो को ब्यहोरा खुलाई निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने बैङ्कले जनाएको छ ।
२७ हजार ७१८ कित्ता संस्थापक शेयर बिक्री गर्दै एक्सेल डेभलपमेन्ट बैङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
