नेपाल एसबिआई बैङ्क लिमिटेड, पाटन शाखा, जावालाखेल, ललितपुरले विद्यार्थीहरूलाई बैङ्किङ साक्षरता प्रदान गरेको छ । बैङ्कले “ग्लोबल मनी विक” कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई बैङ्किङ साक्षरता प्रदान गरेको जनाएको छ ।
बैङ्कले ललितपुरको DAV कलेजका BBA तथा BBM मा अध्ययनरत १०० जना भन्दा बढी विद्यार्थीहरूलाई बैङ्किङ साक्षरता प्रदान गरेको बताएको छ। सो अवसरमा बैङ्कका मुख्य प्रबन्धक तथा बागमती प्रदेश प्रमुख बिनोद कुमार ढुगेंल, पाटन शाखा प्रमुख तेज बहादुर थापा तथा वरिष्ठ अधिकृत सुरुची शाहीले वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि गरेको सो बैङ्कले जानकारी दिएको छ । साथै विद्यार्थीहरूले वित्तीय विषय सम्बन्धी विभिन्न जिज्ञासाहरू पनि राखेको पनि सोही बैङ्कले बताएको छ ।
नेपाल एसबिआई बैङ्क लिमिटेडद्वारा “ग्लोबल मनी विक” मा विद्यार्थीहरूलाई बैङ्किङ साक्षरता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
