नबिल बैङ्क लिमिटेडले बैङ्क तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ (Sales Excellence Award 2023) बाट सम्मानित भएको छ । ग्रोथ लिडरसिप एकेडेमीले शुक्रवार आयोजित ‘सेल्स समिट’ (Sales Summit) कार्यक्रममा बैङ्कलाई उक्त अवार्डबाट सम्मान गरेको हो ।
कार्यक्रममा नेपाल बैंकर्स एसोशियनका अध्यक्ष सुनिल केसीले नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो । मर्जर एक्वीजीसन पश्चात्का वर्षहरूमा बैङ्कहरूमा हुने समायोजनका कारण व्यवसाय वृद्धिमा असर पर्ने सामान्य अवस्था भन्दा भिन्न हिसाबले नबिल बैङ्कले आर्थिक वर्ष २०७९–८० मा बैङ्किङ क्षेत्रकै सबैभन्दा बढी व्यवसाय वृद्धि गर्न सफल गरेकाले सो अवार्डमा छनौट भएको आयोजकको भनाई छ । उक्त कार्यक्रममा नबिल लगायत ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङको विभिन्न विधामा अवार्डबाट सम्मानित गरेको थियो ।
नबिल बैङ्क ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
