ज्योति विकास बैङ्क लिमिटेडले धुलिखेलस्थित "Dusit Thani Himalayan Resort Dhulikhel, Nepal" मा बैङ्कका ग्राहकहरूलाई १५% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
सो सम्झौतापश्चात्, ज्योति विकास बैङ्कका ग्राहकहरूले उक्त रिसोर्टमा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन्। यस रिसोर्टले खाना तथा पेय पदार्थ, देवराना वेल्ल्नेस स्पा, स्विमिङ पुल, ज्याकुजी, स्टिम र साउना जस्ता सुविधाहरूमा ज्योति विकास बैङ्कका ग्राहकहरूलाई छुट प्रदान गर्ने व्यवस्था गरेको छ।
हालै बैङ्कले पोखरास्थित "Teeka Resort" मा ३०% र "Atithi Resort & Spa" मा २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैङ्कले खोटाङस्थित "Zambala Resort” मा १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
ज्योति विकास बैङ्कले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैङ्कले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।
ज्योति विकास बैङ्कका ग्राहकहरूलाई “Dusit Thani Himalayan Resort Dhulikhel, Nepal” मा विशेष छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
