हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले कात्तिक महिनासम्ममा ५३ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जस मध्य ९ अर्ब ७९ करोड रुपैयाँ प्रथम बीमा शुल्क रहेको छ भने ४२ अर्ब ६८ करोड रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ ।
कात्तिक महिनामा मात्र कम्पनीहरूले २ अर्ब २५ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ९ अर्ब ७६ करोड रुपैयाँ नवीकरण बीमा शुल्क गरी १२ अर्ब ३१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल लाइफको सर्वाधिक व्यापार
कात्तिक महिनासम्मको तथ्याङ्कलाई हेर्दा नेपाल लाइफले सर्वाधिक बीमा शुल्क आम्दानी गरेको छ । कात्तिक महिनासम्ममा नेपाल लाइफले १५ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफले ६ अर्ब ४३ करोड बीमा शुल्क आम्दानी गरेको छ भने तेस्रोमा एलआईसी नेपालले ६ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ ।
जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ५३ अर्ब ३९ करोड, नेपाल लाइफको सर्वाधिक व्यापार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
