हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले वैशाख महिनासम्ममा १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जस मध्य २४ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क रहेको छ भने ९७ अर्ब १२ करोड रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ ।
वैशाख महिनामा मात्र कम्पनीहरूले २ अर्ब ७७ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ८ अर्ब ५० करोड रुपैयाँ नवीकरण बीमा शुल्क गरी ११ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरूले चैत्र महिनामा ११ अर्ब ५५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
नवीकरण र प्रथम बीमा शुल्क दुवै घट्यो
दुवै प्रथम तथा नवीकरण बीमा शुल्क भने चैत्र महिनाको तुलनामा घटेको छ । चैत्र महिनामा २ अर्ब ७९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेका कम्पनीहरूले वैशाख महिनामा २ अर्ब ७७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यता चैत्रमा नवीकरण बीमा शुल्क ८ अर्ब ७५ करोड रुपैयाँ रहेकोमा वैशाखमा भने ८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
नेपाल लाइफको सर्वाधिक व्यापार
वैशाख महिनासम्मको तथ्याङ्कलाई हेर्दा नेपाल लाइफले सर्वाधिक बीमा शुल्क आम्दानी गरेको छ । १० महिनामा नेपाल लाइफले ३२ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफले १४ अर्ब ३३ करोड बीमा शुल्क आम्दानी गरेको छ भने तेस्रोमा एलआईसी नेपालले १४ अर्ब २३ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ ।
जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन १ खर्ब २१ अर्ब, नेपाल लाइफको अग्रता कायमै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
