जेठ महिनासम्म नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरूले ३६ अर्ब ३२ करोड कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार शिखर इन्स्योरेन्स कम्पनीले जेठ महिनासम्ममा सर्वाधिक बीमा शुल्क सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा शिखर इन्स्योरेन्सले ४ अर्ब ८९ करोड कुल बीमा शुल्क सङ्कलन गरेको छ ।
त्यस्तै दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब २९ करोड बीमा शुल्क सङ्कलन गरेको छ । तेस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले ३ अर्ब ६६ करोड बीमा शुल्क सङ्कलन गरेको छ ।
सबै भन्दा कम बीमा शुल्क नेशनल इन्स्योरेन्सले सङ्कलन गरेको छ । नेशनल इन्स्योरेन्सले १ अर्ब १ करोड बीमा शुल्क सङ्कलन गरेको छ ।
जेठ महिनामा मात्र १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट ३ अर्ब ४५ करोड कुल बीमा शुल्क आम्दानी भएको हो । हाल नेपालमा १४ निर्जीवन बीमा कम्पनी रहेका छन् भने निर्जीवन लघुबीमा तर्फ चारवटा कम्पनी रहेका छन् ।
जेठ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ३६ अर्ब ३२ करोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
