हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले मङ्सिर महिनासम्ममा ६५ अर्ब ७४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जस मध्य १२ अर्ब ४७ करोड रुपैयाँ प्रथम बीमा शुल्क रहेको छ भने ५२ अर्ब ८ करोड रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ ।
मङ्सिर महिनामा मात्र कम्पनीहरूले २ अर्ब ६७ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ९ अर्ब ३९ करोड रुपैयाँ नवीकरण बीमा शुल्क गरी १२ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल लाइफको सर्वाधिक व्यापार
मङ्सिर महिनासम्मको तथ्याङ्कलाई हेर्दा नेपाल लाइफले सर्वाधिक बीमा शुल्क आम्दानी गरेको छ । मङ्सिर महिनासम्ममा नेपाल लाइफले १८ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफले ७ अर्ब ९८ करोड बीमा शुल्क आम्दानी गरेको छ भने तेस्रोमा एलआईसी नेपालले ७ अर्ब ६६ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ ।
जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ६५ अर्ब ७४ करोड, नेपाल लाइफको सर्वाधिक व्यापार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
