हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले चैत्र महिनासम्ममा १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जस मध्य २१ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमा शुल्क रहेको छ भने ८८ अर्ब ६१ करोड रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ ।
चैत्र महिनामा मात्र कम्पनीहरूले २ अर्ब ७९ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ८ अर्ब ७५ करोड रुपैयाँ नवीकरण बीमा शुल्क गिर ११ अर्ब ५५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरूले फागुन महिनामा ११ अर्ब ६५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
नवीकरण बीमा शुल्क घट्दा, प्रथम बीमा शुल्कमा भने वृद्धि
प्रथम बीमा शुल्क भने फागुन महिनाको तुलनामा बढेको छ । फागुन महिनामा २ अर्ब ५५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेका कम्पनीहरूले चैत्र महिनामा २ अर्ब ७७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यता नवीकरण बीमा शुल्क भने घटेको छ । फागुनमा नवीकरण बीमा शुल्क ९ अर्ब ९ करोड रुपैयाँ रहेकोमा चैत्रमा ८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
नेपाल लाइफको सर्वाधिक व्यापार
चैत्र महिनासम्मको तथ्याङ्कलाई हेर्दा नेपाल लाइफले सर्वाधिक बीमा शुल्क आम्दानी गरेको छ । ९ महिनामा नेपाल लाइफले २९ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफले १२ अर्ब ८९ करोड बीमा शुल्क आम्दानी गरेको छ भने तेस्रोमा एलआईसी नेपालले १२ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ ।
जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन १ खर्ब माथि, नेपाल लाइफको अग्रता कायमै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
