नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको चालू आर्थिक वर्ष २०७९/०८० वैशाख महिनाको विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको वैशाख महिनामा निर्जीवन बीमा कम्पनीहरूले रु. २ अर्ब ६७ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् भने सो अवधिको वैशाख महिनासम्ममा मात्र रु. ३२ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले देखाउँछ।
चालु आर्थिक वर्षको वैशाख महिनामा सर्वाधिक कुल बीमा शुल्क आर्जनमा सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सकाे प्रभुत्व :
कुल १५ वटा निर्जीवन बीमा कम्पनीहरू मध्य सिद्धार्थ प्रिमियरले सर्वाधिक रु. २९ करोड ७० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यसतै, शिखर इन्स्योरेन्सले रु. २७ करोड २० लाख, अजोड इन्स्याेरेन्सले रु. २६ करोड ९३ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले रु. २४ करोड ९४ लाख, युनाइटेड इन्स्याेरेन्स कम्पनी (नेपाल)ले २० करोड २२ लाख, नेको इन्स्योरेन्सले रु. १९ करोड ६२ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले रु. १९ करोड ५५ लाख, एनएलजी इन्स्याेरेन्सले रु. १७ करोड ६७ लाख, सानीमा जीआईसी इन्स्याेरेन्सले १६ करोड ५८ लाख, नेपाल इन्स्योरेन्सले रु. १२ करोड ०७ लाख, प्रभु इन्स्योरेन्सले रु. ११ करोड ६१ लाख बीमा शुल्क सङ्कलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
मर्जर अघि प्रुडेन्सियल इन्स्याेरेन्सले ११ करोड ३८ लाख र आइएमई जनरल इन्स्याेरेन्सले रु. ९ करोड २३ लाख बीमा शुल्क आर्जन गर्न सफल भएका छन् भने आइएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड र प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेड मर्जर भई बनेको आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडले २ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
त्यसतै, दि. ओरिएन्टल इन्स्योरेन्सले रु. ८ करोड ६९ लाख, नेशनल इन्स्योरेन्सले रु. ६ करोड ०९ लाख र राष्ट्रिय बीमा कम्पनीले २ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् ।
वैशाख महिनामा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन २ अर्ब अधिक, कसको कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
