चालु आर्थिक वर्षको असोन महिनासम्ममा हाल नेपालमा सञ्चालनमा रहेका जम्मा १४ जीवन बीमा कम्पनीहरूले कुल रु. ४० अर्ब ८० करोड बीमा शुल्क सङ्कलन गरेका छन् ।
चालु आर्थिक वर्षको असोज महिनासम्ममा सर्वाधिक कुल बीमा शुल्क आर्जनमा नेपाल लाइफ इन्स्याेरेन्सकाे प्रभुत्व :
चालु आर्थिक वर्षको असोज महिनासम्ममा नेपाल लाइफ इन्स्याेरेन्सले सोही वर्गका संस्थाहरू मध्ये सर्वाधिक कुल बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले १० अर्ब ९५ करोड रुपैयाँ अधिक कुल बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले ४ अर्ब ५० करोड रुपैयाँ, हिमालयन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ४ अर्ब ३८ करोड रुपैयाँ, नेश्नल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ४ अर्ब १९ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड रुपैयाँ, सूर्यज्याेति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ३० करोड रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ८६ करोड रुपैयाँ, सानीमा रिलायन्स लाइफ इन्स्याेरेन्स लिमिटेडले १ अर्ब ५१ करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन्।
चालु आर्थिक वर्षको असोज महिनासम्ममा प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्स लिमिटेडले १ अर्ब १५ करोड रुपैयाँ, आइएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले १ अर्ब १० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले १ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको देखिन्छ ।
त्यस्तै, सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ८८ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ४० अर्ब ८० करोड, कसको कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
