एभरेष्ट बैङ्क लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख सहयोग गरेको छ ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो।
गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरूलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको बैङ्कले जनाएको छ । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैङ्कले विगत देखी नै सहयोग गर्दै आएको छ ।
एभरेष्ट बैङ्कद्वारा बाढी पहिरो पीडितका लागि ५० लाख सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
