कुमारी बैङ्क लिमिटेड र नक्साल, काठमाडौँ स्थित वात्सल्य नेचुरल आईभिएफ प्रा.लि. बीच कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई वात्सल्य नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरूबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सो सम्झौता अनुसार कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई वात्सल्य आईभिएफ प्याकेजमा रु.१०,००० को छुट प्रदान गरिनेछ साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
कुमारी बैङ्क र वात्सल्य आईभिएफबीच विशेष छुटसम्बन्धी सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
